नारायणपुर उवासंघ : संयुक्त व्यवसायीको प्यानल विजयी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ वैशाख। नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अनिलकुमार बस्नेत विजयी भएका छन् । संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मत लिई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी युवा व्यवसायी प्यानलका लिलाधर शर्मा (बिट्टु) ले ९० मत प्राप्त गरेका छन् ।

त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट उद्योग उपाध्यक्ष पदका उम्मेदवार रहेका बसन्त न्यौपानेले २ सय ७ मत लिई विजयी भएका छन् भने सचेत युवा व्यवसायी प्यानलका धरमबहादुर बस्नेतले १ सय ८४ मत लिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार रहेका कुलराज खनालले २ सय ५७ मत प्राप्त गरी विजयी भएका छन् भने सचेत युवा व्यवसायी प्यानलका सनतकुमार आचार्यले १ सय ४१ मत लिएका छन् ।

त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट सचिव पदका उम्मेदवार रहेका मिना भण्डारीले २ सय १० मत लिई विजयी भएकी छिन् भने सचेत युवा व्यवसायी प्यानलका तिलकबहादुर भण्डारीले १ सय ८२ मत लिएका छन् । कुल ४ सय ३२ मतदाता रहेकोमा ४ सय ६ मत खसेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad