दाङका सडक क्षेत्रमा राखिएका विज्ञापन बोर्ड हटाउन निर्देशन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २८ बैशाख । सडक डिभिजन कार्यालय दाङले सडक सीमाक्षेत्रभित्र राखिएका विज्ञापन बोर्डहरु १५ दिनभित्रमा हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सडक डिभिजन कार्यालय दाङले वैशाखको २४ गते सार्वजनिक सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिवखोलासम्मको सडकखण्डमा पर्ने विज्ञापन बोर्डहरु हटाउन निर्देशन दिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडक सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण रहेको र दुर्घटाउन समेत बनाउने गरेकाले जेठको ८ गतेभित्र सम्बन्धित निकायहरुलाई विज्ञापन बोर्ड हटाउन निर्देशन गरेको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

नेपाल सरकारबाट जारी भएको सार्वजनिक सडक ऐन, २०३१ को दफा (३) ले दिएको अधिकार अनुसार कार्यालयले राजमार्गको सीमा केन्द्र रेखादेखि दाँयाबाँया दुवैतिर २५÷२५ मिटर गरी ५० मिटर सडक सीमा २०३४ सालमै काम गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसअन्तर्गत उक्त क्षेत्रमा कार्यालयसँग स्वीकृति नलिई कुनै प्रकारका बोर्डहरु राख्न नपाइने कानुनी व्यवस्था रहे पनि पछिल्लो समय सडकका दाँयाबाँया सडक क्षेत्रमै पर्ने गरि कार्यालयसँग स्वीकृति नलिएर विज्ञापन बोर्डहरु राख्ने काम गरिएकाले हटाउने प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

प्रमुख अधिकारीले सडक खण्डमा कार्यालयसँग समन्वय नै नगरेर सडकको क्षेत्राधिकारभित्र राखिएका विविध प्रकारका विज्ञापन बोर्डहरु सुरक्षाका दृष्टिले जोखिमयुक्त रहेका र आवागमनका बाधा पु¥याउने देखिएकाले ती बोर्डहरु सार्वजनिक सडक ऐन २०३१ को दफा १८ को उपदफा १ बमोजिम हटाउन सम्वन्धी निकायलाई निर्देशन गरिएको बताउनुभएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad