तुलसीपुरमा रगतको अभाव टार्न २० जना युवाले गरे रक्तदान

तुलसीपुर, ९ भदौ । दाङको तुलसीपुरमा २० जना युवाले रक्तदान गरेका छन् । ब्लड बैंकमा रगतको अभाव भएपछि नेकपा एमाले तुलसीपुर –५ नम्बर वडा कमिटीको आयोजनामा एमाले निकट युव संघ नेपालका युवाहरुले राप्ती प्रादेशिक अस्पतालको परिसरमा रहेको ब्लड बैंकमा पुगेर रक्तदान गरेको वडा कमिटीका सचिव युवराज नेपालीले जानकारी दिनुभयो ।

वडा कमिटीका अध्यक्ष पदम प्रसाद पोख्रेल (जेठुकान्छु) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले रगतको अभावमा छटपटाइरहेको बिरामीको लागि रगत जीवनदान सरह हुने बताउनुभयो ।

रगत शरीरमा नियमित बन्ने प्रकृया भएको बताउँदै निश्चित समय पछि पानीमा रूपान्तरण हुने भएकाले रगतलाई निकाल्दा शरीर स्वस्थ हुने र त्यसले कसैको जीवन बच्ने भएकाले रक्तदान गर्ने काम महत्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण तथा समन्वय युवा संघ नेपालका नगर अध्यक्ष पारस मल्लले गर्नु भएको थियो ।