पालिकाको साझेदारीमा गढवामा एकिकृत आँखा उपचार केन्द्र स्थापना हुने

लमही, ८ भदौ । गढवा गाउँपालिकामा एकिकृत आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पताल र गढवा गाउँपालिका विच एकिकृत आँखा उपचार केन्द्र सञ्चालन सम्वन्धि सम्झौता भएकोहो ।

‘हाम्रो कर्तव्य हाम्रो जिम्ेवारी आँखा स्वास्थ्यमा साझेदारी’ भन्ने मुल नारालाई साकार पार्न स्थानीय पालिकासंगको सहकार्य गरी साझेदारी कार्यक्रम अन्तर्गत दृष्टिविहिनता अर्थात अन्धोपनको समस्यालाई न्यूनिकरण गर्न प्रत्यक पालिकामा एउटा एकिकृत आँखा उपचार केन्द्र स्थापना गर्ने उद्धेश्य अनुरुप एकिकृत आँखा उपचार केन्द्र गढवा गाउँपालिका वडा नं। ३ मा सञ्चालन गर्न दुवै पक्ष विचसम्झौता भएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका सुचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।

अव केहि दिनमै गढवामा आँखा उपचार केन्द्र सञ्चालन हुने छ । अव त्यहाँका नागरिकहरुले स्थानीय पालीकामै आँखाको चेकजाँच र उपचार सेवा पाउने छन् । नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्का, सचिव घनश्याम सुवेदी, प्रमुख प्रशासक सम्शेर थापा र गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललगायतको सहभागीतामा विहिवार सम्झौता थियो ।

त्यसै विच नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित कोइलावास आँखा उपचार केन्द्र सहयोग समितिको बैठक तथा समिक्षा कार्यक्रम सम्पन्न । बैठकमा कोइलावास आँखा उपचार केन्द्रका प्रमुख सुरज साहुले आर्थिक बर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन पेस गरेका थिए । त्यस्तै आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले आर्थिक बर्ष २०८०÷८१ को आगामी कार्यक्रम वजेट तथा एक बर्षमा पुरागर्नुपर्ने लक्ष्य, उद्धेश्यको विषयमा जानकारी गराएका थिए ।

साथै आँखा उपचार केन्द्रको गुरुयोजना र उपचार केन्द्रको विकासका लागि विभिन्न कार्यक्रमहरुको वारेमा जानकारी गराएको थियो । नेपाल नेत्रज्योति संघका उपसभापति रेशमबहादुर खड्काको विशेष उपस्थीतिमा भएको बैठकमा संघका सचिव घनस्याम सुवेदी, सहयोग समितिका सदस्यहरु अब्दुल कुदुस सिद्धिकी, केशव अधिकारी, सवि अधिकारी, पदमप्रसाद पुडासैनीलगायतले आँखा उपचार केन्द्को विकासका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने बताएका थिए ।

साथै सहयोग समितिले उपचार केन्द्रको गुरुयोजना अनुसार आँखा उपचार केन्द्रको विकासका लागि लुम्विनी प्रदेश सरकार योजना आयोगका उपाध्यक्ष डा।नहकुल केसी संग भेटगरि प्रस्तावना समेत पेश गरेको छ । करिव १ करोडको गुरुयोजना निर्माण गरि उपचार केन्द्रको विकास र विस्तार गर्ने लक्ष्य रहेको छ ।