अव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ग्याष्ट्रोलोजि सेवा

दाङ, ८ भदौ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ग्याष्ट्रोलोजि सेवा सुरु भएको छ । प्रतिष्ठानका अस्पताल प्रशाशक झंकार लामिछानेले प्रतिष्ठानमा केही दिनदेखी ग्याष्ट्रोलोजि सेवा सुरु भएको जानकारी दिएका हुन् ।

उनले प्रतिष्ठानमा एकपछि अर्को सेवा थपीदै गएको भन्दै सर्जरी विभागवाट ग्याष्ट्रो सर्जन डा. ज्योति खरेलले सो सेवा दिने बताए । प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले प्रतिष्ठानमा युरोलोजिपछि ग्याष्ट्रा्लोजि सेवा सुरु भएसंगै उपचारमा आउने विरामिको सख्या थप बढेको बताए ।