टिप्पर दुर्घटना हुदा प्युठानमा एक जनाको मृत्यु

दाङ, ३ चैत्र | प्युठानमा टिप्पर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । नौबहिनी ८ लुप्लुङमा टिप्पर दुर्घटना हुदा २० बर्षीय पारस नेपालीको मृत्यु भएको हो । रा १ ख १८२१ नम्बरको ट्रिपर दुर्घटना हुदा गम्भिर घाइते नेपालीको उपचारका लागि बुटवल लैजादै गर्दा मृत्यु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले प्युठानले जानकारी दिएको छ । घाइते हुनेमा चालक २८ बर्षीय अर्जुन नेपाली र सहचालक १९ वर्षीय कृष्ण नेपाली रहेको जनाइएको छ । सहचालक कृष्ण नेपालीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *