भोलिदेखि पानी पर्ने सम्भावना

दाङ, १३ माघ | भोलिदेखि दाङसहित पश्चिमी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।आज बेलुकीदेखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ भने भोलि दिउँसो मध्य हुँदै पूर्वसम्म नै फैलिने छ । उहाँका अनुसार यो प्रणालीले भोलि भन्दा पर्सी धेरै पानी पार्नेछ । तर यो प्रणाली यसअघिको जस्तो लगातार झरी पार्ने खालको भने नभएको मौसमविद् प्रधानाङगले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मौसमविद् प्रधानाङ्गका अनुसार मङ्गलबार दिउँसो देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बादल लाग्नेछ भने तराईमा लागेको हुस्सु दिउँसोपछि मात्रै हट्ने सम्भावना छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *