‘दबंग ३’ले कमायाे पहिलो दिन २४ करोड, भारतमा चर्किएको आन्दोलनले व्यापारमा असर

Blog Post Ad Blog Post Ad Blog Post Ad

एजेन्सी– सलमान खानको चलचित्र ‘दबंग ३’ले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ।

शुक्रबारबाट प्रदर्शनमा आएकाे चलचित्रले पहिलो दिन २४.५० करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यद्यपि भारतमा नागरिकता संशोधन कानुनकाे विरोधमा चर्किरहेको आन्दोलनका कारण व्यापारमा कम्तिमा ३० प्रतिशतले कमि आएको विश्लेषक तराण आदर्शले बताएका छन्। यदी उक्त आन्दोलन तत्काल मत्थर नभए ‘दबंग ३’ले ठूलो क्षति व्यहोर्नु पर्ने बताइएको छ।

भारतीय बक्सअफिसमा ‘दबंग ३’ यस वर्षको सर्वाधिक ओपनिङ गर्ने पाँचौँ चलचित्रसमेत बनेको छ। सन् २०१९ मा रिलिज भएका चलचित्रमध्ये ५३.३५ करोडको ओपनिङ गरेको ऋतिक रोशन र टाइगर श्राफकाे चलचित्र ‘वार’ पहिलो नम्बरमा छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै ५३.१० करोडको ओपनिङ गरेको हलिउड चलचित्र एभेन्जर्सः एण्डगेम दोस्रो, ४२.३० करोडको ओपनिङ गरेको सलमान खानको चलचित्र ‘भारत’ तेस्रो र २९.१६ करोडको ओपनिङ गरेको अक्षय कुमारको चलचित्र ‘मिशन मंगल’ चौथो स्थानमा रहेको छ।

प्रभु देवाको निर्देशनमा बनेको चलचित्र ‘दबंग’मा सलमान खानका साथै सोनाक्षी सिन्हा, साईं मन्जरेकर, अरवाज खान, सुदीप किचा लगायतका कलाकारको अभिनय रहेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *