अनुदान दुरुपयोगको समाचारप्रति हाम्रो पहुँचको ध्यानाकर्षण

तुलसीपुर, १ पुष | तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देशिय सहकारी संस्थाले नयाँ पत्रिका दैनिकमा डेरी उद्योगले पुराना समान देखाएर अनुदान लिएको समाचारप्रति ध्यानाकर्षण जनाएको छ । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले मंगलबार एक प्रेस विज्ञप्ती जारी गरी मंसिर २९ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित हाम्रो पहुँच बहुउद्देश्यि सहकारी संस्थाले डेरी उद्योगका लागि पुराना सामाग्रि देखाएर अनुदान लिएको भन्ने समाचारको खण्डन गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘संस्थाले नयाँ डेरी उद्योग संचालन गरेको हो, उद्योगका भएका सम्पूर्ण समाग्रि नयाँ खरिद गरिएको छ, सत्यतथ्य छानविनका लागि अनुगमन , निरिक्षणका लागि हामी जहिलेसुकै तयार छौँ’– विज्ञप्तीमा भनिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राष्ट्रियस्तरको पत्रिकाले एक पटक पनि सम्बन्धित संस्थालाई नसोधि हल्लाको भरमा समाचार प्रकाशित गरेको भन्दै उक्त समाचारको खण्डन गरिएको संस्थाले विज्ञप्तीमा उल्लेख गरेको छ । समाचारमा प्रकाशन भएअनुसार पुराना सामाग्रि नभएको भन्दै संस्थाले ध्यानाकर्षण जनाएको छ । नागरिकलाई भ्रमित पार्ने उक्त समाचारले मानहानी समेत भएको भन्दै कानुनी उपचार खोजिने विज्ञप्तीमा उल्लेख गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसवर्षको साउन १ गतेदेखि संचालनमा आएको उद्योगमा सबै सामाग्रि नयाँ खरिद गरिएको संस्थाले विज्ञप्तीमा उल्लेख गरेको छ । समाचारमा कुनै सत्यता नभएको भन्दै संस्थाले सत्यतथ्य छानविनका लागि सम्बन्धित निकायसंग माग गरेको छ । संस्थाले प्रदेश नम्बर पाँचको सरकार भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय, पशुपंक्षि तथा मत्यविकास निर्देशनालय रुपन्देही नेपालसंग २०७६ जेठ ८ को सम्झौता अनुसार सामाग्रि गरेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्थाले डेरि उद्योगका लागि आवश्यक पर्ने सामाग्रि नेपाल चिलिङ भ्याट इन्डष्ट्रिज प्रालि औद्योगिक क्षेत्र हेटौडाबाट ३० जेठ र १ असारमा क्रमश ः बिल नम्बर २३१ र २३३ बाट गरी २७ लाख ३६ हजार सात सय ५६ रुपैयामा सामाग्रि खरिद गरी अनुदान प्राप्त गरेको पनि विज्ञप्तीमार्फत उल्लेख गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *