विश्व पोलियो दिवस : तुलसीपुरमा सचेतना कार्यक्रम

Blog Post Ad Blog Post Ad Blog Post Ad

शरद रेग्मी

दाङ, ७ कात्तिक । विश्व पोलियो दिवसको अबसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीले तुलसीपुरमा सचेतना -याली गरेको छ । नेपाल नेशनल पोलियो प्लस कमिटीको प्राबिधिक सहयोगमा बिभिन्न संघ संस्थाहरुको सहभागितामा -याली गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष देव बहादुर केसीले पोलियो विश्वबाट उन्मुलन भईसके पनि यो रोगको जीवाणुले जुनसुकै बेला पनि सङ्क्रमण गर्न सक्ने भएकोले साबधानी अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

-यालीका संयोजक रुपेश शर्माले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै पोलियो रोग लागिसकेपछि यसको पूर्णरुपमा निदान हुन नसक्ने भएकोले रोकथाममै लाग्नुपर्ने आवश्यकतालाई मध्यनगर गरेर जनचेतना जगाउने उदेश्यले -यालीको आयोजना गरिएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले पोलियो रोग बिशेष गरी गरीवीको रेखा मुनी रहेका मुलुकहरु र सिमान्तकृत समुदायमा बढी देखिने गरेकोले देशको गरिवी मेटाउन सकेमा पोलियो स्वतह रोकथाम हुने बताउनुभयो ।

आजका बलबालिकाहरु भोलिको कर्णधार भएको भन्दै उनिहरुको अभिवृद्धिको लागि सरकारले पोलियो उन्मुलन गर्न रोटरी इन्टरनेसनलसँग सहकार्य गरेर धेरै योजनाहरु बनाएको जानकारी दिुनभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुरको “घ“ लाईनबाट शुरु भएको -यालीमा तुलसीपुर उप महानगरपालिका, तुलसीपुर उद्योग बाणिज्य संघ, रोट्रयाक्ट क्लब अफ तुलसीपुर, आर सि सि भिलेज काशिपुर, ईन्ट्रयाक्ट क्लब अफ गोरखा स्कुल, ईन्ट्रयाक्ट क्लब अफ आईडियल स्कुल, ईन्ट्रयाक्ट क्लब अफ हिमाल एकाडेमी, ज्ञानज्योती सेकेण्डरी स्कुल, अरनीको स्कुल, तुलसीपुर नगर जेसिस, लायन्स क्लब अफ दाङ, लियो क्लब अफ दाङ, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, पत्रकार लगायत दर्जनौको सहभागिता रहेको थियो । तुलसीपुर बजार परिक्रमा पछि बिपी चोकमा आएर समापन भएको थियो ।

सो अबसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले पोलियोको बिरुद्धमा भ्याक्सिनको बिकास गर्ने जोनक साल्कको जन्म दिवसलाई स्मरणयोग्य बनाउनको लागि विश्व पोलियो दिवस मनाउन थालिएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हरेक वर्ष क्लबले नियमित रुपमा आयोजना गर्दै आएर्को याली विश्व स्वास्थ्य संगठन तथा अन्य संगठन मार्फत यो उदेश्य हासिल गर्न लागि परेका हजारौ स्यमसेवक प्रति सम्मान देखाउनु पर्ने उहाँको भनाइ थियो । कार्यक्रमको सहजिकरण क्लबका सचिव सन्दिपन रिजालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *