प्रदेश स्तरीय पर्यटन प्रबद्र्धन समितिमा मेयरहरु थपिए

घोराही,  ३१ भदौ

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल भ्रमण बर्ष २०२० पाँच नम्बर प्रदेश पर्यटन प्रबद्र्धन मूल समितिको बैठकले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख सहित धारपानी मन्दिर व्यवस्थापन समितिका अध्यक्षलाई सदस्यमा थप गरेको छ ।

प्रदेशका पर्यटन मन्त्री लिला गिरीको अध्यक्षतामा आज बुटवलमा बसेको बैठकले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उप महानगरपालिकाका प्रमुख घनस्याम पाण्डे र धारपानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीलाई प्रदेश स्तरीय पर्यटन प्रर्बद्धन समितिको सदस्यमा मनोनयन गरेको समिति सदस्य सुन्दर गौतमले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस अघि दाङबाट सुन्दर गौतम र दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल प्रदेश स्तरीय पर्यटन समितिको सदस्यमा चयन हुनुभएको थियो । समितिको आज बसेको पहिलो बैठकले सन २०२० लाई नेपाल भ्रमण बर्षकारुपमा सफल पार्न जिल्ला स्तरमा समेत समिति गठन गरी कार्ययोजना बनाउने निर्णय समेत गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *