घोराहीका दुई वडामा ‘ग्रीन बेल्ट’ कार्यक्रम

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १६ भदौ | घोराही उपमहानगरपालिकाले दुईओटा वडामा ‘ग्रीन बेल्ट’ कार्यक्रम सञ्चालन गरेको छ । उपमहागरले घोराहीको मुख्य बजार रहेको वडा नम्बर १५ र वडा नम्बर १८ को नवलपुरमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा नम्बर १५ को कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक विचमा विभिन्न प्रजातिका फूल जन्य बिरुवा लगाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी वडा नम्बर १८को नवलपुर देखी डबरीसम्मको सडक खण्डमा पनि फूल जन्य बिरुवा रोप्ने तयारी भएको छ । ग्रिनवेल्ट निर्माण गर्न मेनरोडमा २२ लाख रुपैयाँ खर्च भएको छ ।

सडकको बिचमा इन्द्रकमल, कल्की, धुपी, गोल्डेन धुपी, क्रिशमस ट्री लगायत १ दर्जनभन्दा बढी प्रजातीका फूल र अन्य साना बिरुवा रोपिएको छ ।नवलपुर क्षेत्रमा पनि विरुवा रोप्नका लागि आबस्यक तयारी थालिएको उपमहानगरले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हरियाली नगर बनाउन ‘एक घर, दुई बिरुवा’को अवधारण लिएको र घोराहीलाई हरियाली शहर बनाइने उपमहानगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *