तिहार सकिएपछि कर्मथलो फर्किनेका कारण सार्वजनिक सवारीमा चाप

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २१ कार्तिक । तिहार पर्व सकिएसँगै जन्मथलोमा गएकाहरु कर्मथलोमा फर्किनेक्रम शुरु भएसंग सार्वजनिक सवारी साधानमा चाप बढेको छ । गाउँभन्दा पनि सहरतिर जानेको चाप धेरै रहेको यातायात व्यवसायीले बताएका छन् ।

तिहार पर्वको पाँच दिन लामो उत्सवमा विशेष गरी देउसी-भैलो, दाजु-भाइको टीका, र परिवारसँगको भेटघाटले गर्दा वर्षभरि घरपरिवारबाट टाढा रहेकाहरू गाउँघर जाने गरेका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तिहार सकिएलगत्तै कर्मथलोमा फर्किनको कारण सार्वजनिक सवारीमा अत्याधिक चाप देखिन थालेको यातायात व्यवसायीले बताएका छन् । केही ठाउँमा यात्रुको चापलाई व्यवस्थापन गर्नका लागि थप सवारी साधन परिचालन गरिएको छ ।

यातायात व्यवसायीका अनुसार देशका मुख्य सहरतर्फ फर्किने यात्रुको चाप अझै केही दिनसम्म उच्च रहनेछ । कतिपय यात्रुहरूले लामो समय बस्नुपर्ने वा उभिएर यात्रा गर्नुपर्ने बाध्यता व्यहोर्नु परेको छ । बस, माइक्रोबस लगायतका सवारी साधनमा यात्रुहरूको भीड बढेसँगै टिकट पाउन समस्या भएको यात्रु दिपेश महताराले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबीच, कतिपयले गन्तव्यसम्म पुग्नका लागि विकल्पका रूपमा आन्तरिक उडानलाई पनि प्रयोग गरिरहेका छन् । गाउँमा भेला भएका परिवारका सदस्यहरू पुनः आफ्नो गन्तव्यमा फर्किंदा गाउँ फेरि सुनसान देखिन थालेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad