अर्घाखाँची दुर्घटनाः भूमिकास्थान नगरपालिकाले दियो शोक बिदा

Blog Post Ad Blog Post Ad Blog Post Ad

गोपाल प्रसाद भट्टराई

दाङ, २० कार्तिक । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार साँझ भएको उदयठाँटीको बस दुर्घटनामा भूमिकास्थान नगरपालिका अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार सहायक तारा श्रेष्ठ सहित २ जनाको मृत्यु भएपछि नगरपालिकाले मंगलबार एकदिनको लागि शोक विदा दिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खिल्जी र असुरकोटको संगम स्थल उदयठाँटीमा देउसी–भैलो नाँचिरहेको अवस्थामा अनियन्त्रित ढङ्गबाट आएको बसले ठक्कर दिंदा भएको हृदय बिदारक दुर्घटनामा नगरपालिकाको कर्मचारी सहित भूमिकास्थान–१ निवासी रुनी खनालको मृत्यु भएकाले शोक बिदा दिइएको भूमिकास्थान नगर प्रमुख झविलाल थापाले जानकारी दिनुभएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगदिशचन्द्र नेपालीले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । सोमबार साँझ ५ बजेतिर भएको दुर्घटनामा परी रुनी खनालको घटनास्थलमै र तारा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा परेर अन्य ३५ जना घाइते भएका छन् । गम्भिर अवस्थाका १० जनाको बुटवलमा उपचार चलिरहेकोमा १ जनाको डिस्चार्ज भएको छ । अन्य २५ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसमध्ये ७ जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ । घटनामा मृत्यु भएका २ जनाको शव परीक्षणका लागि अर्घाखाँची अस्पतालमा राखिएको छ । प्युठानबाट भैलो खेल्ने टोली बोकेर खिल्जी आएको ना ३ ख २४७१ नम्बरको बस सोमबार साझ भैलो नाँचिरहेको मेलामै ब्रेक फेल हुँदा अनियन्त्रित भई दुर्घटनामा परेको हो । तिहार (चौथी)को अवसरमा उदयठाँटीमा लागेको भैली मेलामा एक्कासी अनियन्त्रित रुपमा बस गुड्दा त्यहाँ रहेका दर्शक तथा देउसी–भैलोका कलाकारहरु च्यापिन पुगेका थिए ।

दुर्घटना लगत्तै घाइते र मृतकको स्थानीय र प्रहरीले उद्धार गरेका थिए । घटनापछि बसका चालक फरार रहेका छन् छ । ब्रेक फेल भनिएपनि दुर्घटनाको खास कारण पुष्टी हुन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad