प्यूठान, १७ कार्तिक । माडी नदीले बगाउँदा प्यूठानमा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीका अनुसार माडी नदीमा स्वर्गद्वारी नगरपालिका–५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी–३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव भेटिएको छ ।
बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजको दुई सय मिटर तल भेटिएको हो । त्यस्तै खनाललाई स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्केपछि बेलिब्रिजको छेउमा नुहाउन जाँदा नदीले बगाएको थियो । खनालको शव गोठिबाङको घण्टीखोला दोभानमा फेला परेको प्रहरीले जनाएको छ ।