सल्यान, १५ कार्तिक । सल्यानमा एक थान भरुवा बन्दुकसहित एक पुरुष पक्राउ परेका छन् । छत्रेश्वरी गाउँपालिका-३ झिम्पेका २६ वर्षीय सुरेन्द्र पुन मगर पक्राउ परेका हुन् ।
भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका र खोजतलास गर्दै जाँदा स्थानीय हुमबहादुर खत्रीको पाखो बारीको छेउमा रहेको ओडारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताउनुभयो ।
पक्राउ परेका पुन मगरलाई जिल्ला अदालत सल्यानमाबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।