रवि लामिछानेमाथि नेपालगन्जमा समेत अनुसन्धान हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपालगन्जको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान हुने भएको छ ।

लामिछाने प्रबन्धक निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा नेपालगन्जको समानता बचत तथा ऋण सहकारी संस्था सहित ५ वटा सहकारीको रकम लगानी भएको देखिएकोले अनुसन्धान हुने भएको हो । नेपाल प्रहरी उच्च स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीमा भएको अनुसन्धान सकिएलगत्तै उनलाई अन्यत्रका सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसका लागि तयारी थाल्न सम्बन्धित जिल्लाहरुलाई निर्देशन दिइसकिएको स्रोतले बतायो । यद्यपी बाँक प्रहरीले समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छानबीन बारे तत्काल कुनै निर्देशन नआएको जनाएको छ ।

सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्र बाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको उक्त सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ। बचतकर्ताको करोडौं र १८ महिनादेखि घर भाडासमेत नतिरेर उक्त सहकारी बन्द भएको हो। नेपालगन्ज–सुर्खेत रोडस्थित वेस्टर्न बिजनेस ग्रुप प्रालिको भवनमा सहकारीको कार्यालय सञ्चालन गरिएको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२०७६ सालदेखि नेपालगन्जमा कारोबार गरेको उक्त सहकारी जिल्लाकै राम्रो व्यवस्थापन भएको सहकारीका रूपमा चिनिन्थ्यो। बचतकर्ताको एक करोडभन्दा बढी बचत रकम फिर्ता गरिएको छैन । बाँके प्रहरीमा ३२ जना पीडितले समानता बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै उजुरी दिएका छन्। उनीहरूको एक करोड नौ लाख सात सय २४ रूपैयाँ बिगो रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad