दाङका किसानले लगाएको धानबालीमा कालोपोकेको प्रकोप

Blog Post Ad Blog Post Ad Blog Post Ad

रञ्जिता अधिकारी

दाङ, १३ कार्तिक । दाङका किसानहरूले लगाएको धानबालीमा कालो पोके किराको प्रकोप देखा परेको छ । घोराही उपमहानगरपालिका–७ सौडियारका लेखराज चौधरीले लगाएको नौ कठ्ठा जमिनमा रोपेको धानमा कालोपोके किराले क्षति पुर्याएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

युएस १२ जातको धान खेती गरेका छन् । कालोपोके किराले क्षती गरेकाले धान उत्पादन कम हुने उनी बताउँछन् । धान खेती गर्दा मल बिउको राम्रो व्यबस्थापन गरे जस्तो लागेको थियो तर धान पाक्ने समयमा कालो पोके लाग्यो । उत्पादन घटछ की भन्ने चिन्ता लागेको उनले बताए । गतवर्ष यस्तो समस्या भएको थिएन यसपाली धानमा समस्या आयो ।

घोराही उपहानगरपालिका – ६ गुरुवागाउँका महेश चौधरीले १७ कठ्ठा जमिनमा धान खेती गरेका छन् । युएस १६ जातको धान खेती गरेको उनले खेती गरेको धानमा कालो पोके रोग लागेर बोट नै कालो भएको छ धान काट्ने समयमा बोट कालो भएको छ, पोके लागेको धानको पराल पनि गाईभैसीले खादैनन्, उनले भने । गतवर्ष पनि यही धान खेती गरेको ५५ मुरी धान फलेको थियो यस वर्ष धान उत्पादन कम हुने चिन्ता बढेको उनले बताए । मल, बीउ र पानीको राम्रो बन्दोबस्ती गर्दागर्दै धानमा रोग लाग्यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

किसानले मानो रोपेर मुरी फलाउने आसा गरेका किसानलाई किराको प्रकोपले चिन्ता थपेको छ । उत्पादन घट्ने डर पैदा भएको छ । दाङमा धान उत्पादन हुने क्षेत्रमा लगाइएको धानमा कालो पोके किराको प्रकोप फैलिएको र उत्पादनमा असर परेको कृषि ज्ञान केन्द्रका कृषि अर्थ बिज्ञ पृथ्बीराज लामिछानेले जानकारी दिए । उनका अनुसार, कालो पोके किराले धानको बोटलाइ आक्रमण गरेर भित्रभित्रै नष्ट पार्ने बताए ।

यो किराले धानको बोक्रामा कालो धब्बा बनाउँदै बोटको पोषण तन्तुलाई नष्ट गरिदिन्छ । जसले गर्दा बोट कमजोर भई बालीमा बालाको विकास हुन नसक्ने बताए । कृषि ज्ञान केन्द्रका कृषि अर्थ बिज्ञ लामिछानेका अनुुसार उपचार गरिएका बीउ प्रयोग गर्ने, जैविक कीटनाशक र उचित मलको प्रयोग गर्ने र कृषि विज्ञसंग परामर्स गर्न सुझाव दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad