बाँके, १३ कात्तिक । ईलाका प्रहरी कार्यालय बाँकेले गौहत्यमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । सिलसिलेवार रुपमा बाँके जिल्ला भित्र निर्धक्कता साथ नेपालको राष्ट्रिय जनावर गाईको हत्या घटनाहरु बेला बखत सार्वजनिक हुँदै आइरहेका छन् तर त्यसमा सम्बन्धित प्रहरी प्रशासनले रोक किन लगाउन सक्दैन भन्ने प्रश्न आज बाँकेबासीहरुले उठाइरहेका छन् ।
जानकी गाउँपालिका वडा नं. ६ को गनापुरमा गाई चरण स्थलमा बुधबार १४ वटा मृत गाईहरुको अवशेषसहित ५ जनालाई रंगेहात पक्राउ गरिएको छ । गनापुरमा उक्त घटना धेरै दिनदेखि नै हुँदै आईरहेको स्रोतको दाबी छ तर पनि कसैको ध्यानाकर्षण हुन सकेको छेन ।
जिल्ला प्रहरी कार्यालय बाँके प्रवक्ताले दिएको जानकारी अनुसार विशेष सूचनाको आधारमा छापामारी ५ जनालाई रंगेहात पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका वडा नं. ८ का इस्माइल जोलाह, अमुद्दीन खान, जावेद चिकुवा रहेका छन् भने जानकी गाउँपालिका वडा नं. ५ बुडिया गाउँ बस्ने सफिक आलम, आशानु खान रहेको प्रहरी स्रोतले जनाएको छ ।
जानकी गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष जगदीश हरिजनले आफ्नो वडाभित्र यस्तो गतिविधि भईरहेको छ भनी जानकारी नभएको तर आज बिहान प्रहरीले फोन गरी मुचुल्काको लागि बोलाए पछि जानकारी भएको बताए ।
हामी त्यहाँ पुग्दा केही गाईको अवशेषहरु पुरानो भएको सहजै अनुमान गर्न सकिन्थ्यो भने ३ वटा जति ताजा हत्या गरिएको देखिन्थे । सो आधारमा मुचुल्का गरी थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके लगिएको बताए ।
यता पुनः बाँकेमा सनातनीहरुको आस्था रहेको गाईको हत्याको खबर सार्वजनिक भएपछि आक्रोश देखिएको छ