किसानलाई उन्नत जातको तोरीको बिउ वितरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ कात्तिक । दाङमा तोरीको उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले किसानलाई उन्नत जातको बिउ वितरण गरेको छ । सघन बाली वस्तु विशेष व्यावसायिक उत्पादन क्षेत्रमा विकास कार्यक्रम अन्तर्गत जिल्लाका तीनवटा कृषि समूहलाई नौ क्विन्टल उन्नत जातको तोरीको बिउ वितरण गरेको हो ।

यो वर्ष ९० हेक्टर क्षेत्रफलमा खेती गर्नका लागि उन्नत जातको नौ क्विन्टल तोरीको बिउ वितरण गरिएको कृषि ज्ञान केन्द्र दाङका बरिष्ठ बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले जानकारी दिएका छन् । तोरी खेती गर्नका लागि कम्तिमा ३० हेक्टर क्षेत्रफल भएको र व्यावसायिक खेती गर्ने इच्छुक समूह, फर्म र सहकारीलाई अनुदानका लागि सूचना आह्वान गरेर बिउ वितरण गरेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा एक सय ५० हेक्टर क्षेत्रफलका लागि अनुदान कार्यक्रम भए पनि माग अनुसार किसान नआउँदा ९० हेक्टर क्षेत्रफलका लागि बिउ वितरण गरिएको छ । तोरी खेतीबाट आम्दानी बढाउन किसानलाई अनुदान प्रदान गरिएको भन्दै बाली संरक्षण अधिकृत बस्नेतले भने, ‘अनुदान प्राप्त गर्नका लागि किसानले पैँतालिस बिगाह क्षेत्रफलमा तोरी खेती गर्नु पर्ने थियो । तीनवटा समूहबाट मात्र प्रस्ताव आए, ती समूहमा आबद्ध किसानलाई अहिले निःशुल्क उन्नत जातको बिउ दिएका छौँ ।’ कार्यक्रम अनुसार बिउसँगै मागका आधारमा मल, कृषि औजार र किसानलाई तालिम समेत प्रदान गरिने छ ।

उनका अनुसार अदुवा बाली अनुसन्धान केन्द्र कपुरकोट सल्यानबाट पाँच क्विन्टल मूलबिउ र बाँकी शान्तिनगर गाउँपलिकामा रहेको साउनेपानी किसान सहकारी संस्थाबाट चार क्विन्टल उन्नत जातको बिउ खरिद गरेर किसानलाई प्रतिकट्ठा तीन सयका दरले नौ क्विन्टल बिउ वितरण गरिएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अनुदान प्राप्त गर्नेमा शान्तिनगर गाउँपालिका–१ स्थित सिर्जना कृषक समूह, वडा नं. २ विष्णुपुरमा रहेको समृद्ध नेपाल कृषि तथा पशुपन्छीपालन समूह र घोराही उपमहानगरपालिका–७ घुस्रामा रहेको बहुउद्देश्यीय कृषक समूह रहेका छन् । दाङ तोरी उत्पादन हुने जिल्लामा राम्रो मानिन्छ । जिल्लामा करिब १९ हजार बढी हेक्टर क्षेत्रफलमा तोरी खेती हुने गर्दछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad