दाङमा हस्तकला सामग्रीको बजारीकरणमा जोड

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० कात्तिक । हस्तकलाबाट उत्पादन गरिएका सामग्रीको बजारीकरणमा सबैको सहयोग आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । युएसएसआइडीको जल–जङ्गल परियोजना अन्तर्गत मानव कल्याण तथा संरक्षण केन्द्रले शुक्रवार घोराहीमा हस्तकला सामग्रीको बजारीकरणका लागि आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले सबैको साथ र सहयोग आवश्यक पर्ने कुरामा जोड दिएका हुन् ।

हस्तकलाबाट उत्पादित सामग्रीको बजारीकरणका लागि स्थानीय सरकारसँगै संघसस्थाले ध्यान दिनु पर्ने बताएका थिए । बाहिरबाट आउने सामग्री किन्नुभन्दा स्थानीय स्तरमा उत्पादन गरिएका हस्तकला किन्ने प्रचलनको विकास हुन सके हस्तकलाका सामग्रीको बजारीकरणसँगै आयआर्जनमा वृद्धि हुने र त्यसले आर्थिक रूपमा समक्ष बनाउन सहयोग गर्ने बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बोल्दै घरेलु उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारीले हस्तकलाका सामग्रीको बजारीकरणका लागि प्रचारप्रसार आवश्यक रहेको बताए । वातावरण संरक्षणसँगै स्थानीय स्तरमा पाइने सामग्रीको प्रयोग गरेर उत्पादन गरेका हस्तकलाको बजारीकरणमा स्थानीय सरकारसँगै संघसंस्थाको सहयोग आवश्यक रहेको बताए । हस्तकलाका सामग्री उत्पादनका लागि महिलालाई आग्रह गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले उत्पादित सामग्रीको बजारीकरणमा सहयोग गर्ने बताए ।

स्वदेशी हस्तकलाको प्रयोगमा आफैँले विश्वास बढाउनु पर्ने र अन्तर्राष्ट्रिय बजारमा पनि आकर्षण बढाउने गरी प्रचारप्रसारमा ध्यान दिन सके आम्दानीसँगै स्वदेशमै रोजगारी समेत प्राप्त गर्न सकिने बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताले स्वदेशी वस्तु आन्तरिक खपत बढाउन नीतिगत व्यवस्थासँगै उपभोग गर्ने बानीको विकास गर्न आवश्यक रहेको बताए । त्यसका लागि आकर्षक र बलिया सामग्री उत्पादनमा ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए । सहभागीले हस्तकला उद्योगलाई प्रोत्साहन गर्न सके आयआर्जनसँगै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मानव कल्याण तथा संरक्षण केन्द्र दाङका कार्यवाहक अध्यक्ष रिमा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विषयवस्तुबारे कार्यक्रम संयोजक प्रदीप मजगैयाँले जानकारी गराएका थिए । कार्यक्रममा नेपाल माहुरीपालक महासंघ दाङकी सचिव सरस्वती सुवेदी, घरेलु तथा साना उद्योग महासंघ दाङकी महासचिव सीता मल्ल, सदस्यहरू विष्णु थापा, रेश्मी पाण्डेयलगायतले सुझावसहितको मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण युएसएआइडीको सहयोगमा मानव कल्याण तथा संरक्षण केन्द्रद्वारा सञ्चालित जल–जङ्गल कार्यक्रम संयोजक सुनिल सुवेदीले गरेका थिए । कार्यक्रम अन्तर्गत संस्थाले हस्तकलाका सामग्री उत्पादनका लागि गढवामा १० जना महिलालाई तालिम प्रदान गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad