दाङ्गमा नाबालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

सन्तोष कुमार गुप्ता

दाङ्ग, ८ कार्तिक । दाङकाे भालुवाङमा नाबालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-१, भालुवाङ पुल्चोकमा रहेकाे सशस्त्र प्रहरी वल ज्वालामाई गण २९ नम्बर हेटक्वाटरको कार्यालय बाहिर दशैँ पिङ खेल्न गएकाे बेला सशस्त्र प्रहरीका दुई हवल्दारले दुई बालिकालाई बलत्कार गरेकाे तथ्य बाहिर आएकाे छ ।

गत असोज २४ गते भालुवाङ पुल्चाेक बजारमा डेरा गरी बस्ने ८ बर्षिय र आर्काे १४ बर्षीय बालिका पिङ खेल्न गएकाे अवस्थामा सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोकामगर र रेवन पचभैया मगरले बलात्कार गरेको पिडित पक्षकाे जाहिरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आराेपित दुई सहायक हवल्दारलाई नेपाल प्रहरीकाे जिम्मा लगाईएकाे सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दशैकाे फुलपातीका दिन पिङ खेल्न गएका ती दुई बालिकालाई २९ न. ज्वालामाई गणमा कार्यरत उनीहरुले बलात्कार गरेको भन्दै स्थानीयले अरोप लगाएका थिए ।

सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाहा पाएर स्थानीयले बुधबार गणलाई समेत घेराउ गरेका थिए । यसअघि ती दुई बालिका बलात्कार भएको विषयमा पटक-पटक आफन्तहरुले गणका एसपी रमेश थापालाई उजुरी गरेपनि ढाकछोप गर्न खोजिरहेका बताईएकाे छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

असोज २४ गतेदेखि ढाकछोप गरेर राखेको कारण उनीहरु पक्राउ पर्न ढिलाई भएको थियो । तर, स्थानीयको आरोपपछि आरोप लागेका दुबैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता थापाले बताए । उनले घटनाबारे थप अनुसन्धान सुरु भएको पनि जानकारी दिए ।

यसैबीच प्रकाउ परेका सशस्त्र प्रहरीका दुई हवल्दारलाई दाङ-देउखुरी जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनकाे म्याद थप गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यता बलात्कार जस्तो विषयमा बेवास्ता गरेको भन्दै गणका एसपी थापा विवादमा परेका थिए । उनी सिरहाको एसपी हुँदा पनि विवादमा पर्नु भएकाे थियाे ।

सिरहामा हुँदा उनी चढेको स्कारपियो गाडीले भारतीय भूमिमा भारतीय नागरिकलाई ठक्कर दिएर विवादमा आउनु भएकाे थियाे । अहिले पनि आफ्नै कर्मचारीमाथि लागेको आरोपलाई ढाकछोप गर्न लागपछि एसपी थापा बिबादित बनेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad