घोराहीमा राष्ट्रिय बाल साहित्य सम्मेलनको तयारी व्यापक, उपसमिति गठन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ८ कार्तिक । आउँदो मंसिर ७ र ८ गते घोराहीमा हुन लागि रहेको २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलनको तयारी व्यापकरुपमा अगाडी बढेको छ । घोराहीको गोरखा इन्टरनेशनल पव्लिक सेकेण्डरी स्कुलमा हुन लागि रहेको सम्मेलनका लागि वरिष्ठ साहित्यकार टिकारा उदासीको संयोजकत्वमा साहित्यकार सूर्य बिसी सदस्य सचिव एवं साहित्यकारहरु कमलमणि देबकोटा, दुर्गालाल केसी, डा. लोकराज पराजुली, सविन प्रियासन, चन्द्रराज पन्त, मानसिंग घर्ती मगर, आदिम केसी, चन्द्रबहादुर थापा, हरि पोख्रेल, बसन्त पुन, केशव सुवेदी, शारदा शर्मा, सुशीला आचार्य, मधुसुदनकेसी, केशव थापा र दिपक समिर सदस्य रहेको २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन मूल आयोजक समिति गठन गरिएको छ ।

मूल आयोजक समितिको बुधबार घोराहीमा बसेको वैठले सम्मेलनलाई भव्य बनाउनका लागि टिकाराम उदासी, सूर्य बिसी, सविन प्रियासन, आदिम केसी, दिपक समिर रहेको सचिवालय समेत गठन गरेको छ । सम्मेलनमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा बालसाहित्यको विकासमा कलम चलाउँदै आएका १ सय बढि साहित्यकार लेखकहरुको विशेष उपस्थिति रहने सम्मेलनमा दाङमा रहेका सबै जसो विद्यालयमा अध्ययन गरिरहेका १८ वर्षमुनिका बालबालिकाहरुलाई बालसाहित्यसँग सम्बन्धित विभिन्न विधामा विशेष प्रशिक्षण दिने, गोष्ठी अन्तक्र्रिया गर्ने, बालसाहित्यमा योगदान पुराएकालाई सम्मान गर्ने देखि बाल साहित्यसँग सम्बन्धित रहेर दाङ घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी सम्मेलनलाई व्यवस्थित बनाउनका लागि टिकाराम उदासीको संयोजकत्वमा कार्यक्रम उपसमिति, सूर्य बिसीको संयोजकत्वमा आर्थिक उपसमिति, दुर्गालाल केसीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, मानसिंग घर्ती मगरको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, आदिम केसीको संयोजकत्वमा पुरस्कार तथा प्रमाणपत्र उपसमिति, सविन प्रियासनको संयोजकत्वमा ¥याली व्यवस्थापन उपसमिति, चन्द्रराज पन्तको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, बसन्त पुनको संयोजकत्वमा आवास तथा भोजन उपसमिति, डा. लोकराज पराजुलीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यसैगरी सम्मेलनलाई आवश्यक सल्लाह सुझाबका लागि अग्रजहरु पुरुषोत्तम खनाल, सुशील गौतम, बिपुल पोख्रेल, नोवल जिएम, डा. सुदीप गौतम, शरद अधिकारी, केएल पीडित, डा. गोविन्द आचार्य, डा. कृष्णराज डिसी, खगराज न्यौपाने, बुनु लामीछाने, पद्मप्रसाद शर्मा, लक्ष्मी आचार्य, निमबहादुर थापा, सुन्दर गौतम, बिनोद केसी, डा. कृष्णराज सर्वाहारी, विमला योगी, आस्मानी चौधरी, विकिरण गौतम, यादव गिरी, नारायण अधिकारीलाई सल्लाहकारमा चयन गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाल साहित्य समाज र राप्ती साहित्य परिषद्को आयोजनामा हुन लागि रहेको सम्मेलनलाई सफल बनाउन जिल्लास्थित विभिन्न साहित्यीक तथा सामाजिक संघसंस्थाहरुले सम्मेलनलाई सफल बनाउन सहआयोजककारुपमा समेत भूमिका खेलेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad