कृषि पढेर पुष्प खेतीमा गढवाका टेकेन्द्र राज रावत

Blog Post Ad Blog Post Ad Blog Post Ad

चुमा आचार्य

दाङ, ७ कात्तिक । दाङको गढवा गाउँपालिका वडा नं. ३ खैरेनीका २४ वर्षीय युवा पुष्प व्यवसायी टेकेन्द्र राज रावतको बारीभरि ढकमक्क सयपत्री फूलहरू फूलेका छन् । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर गरिएको यो पुष्प खेतीका फूलहरू यतिबेला ग्राहकको पर्खाईमा छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हरेक वर्ष जस्तै यो वर्ष पनि दाङका धेरै जसो स्थानमा पुष्प व्यवसायीहरूले सयपत्री फूलको खेति गरेका छन् । यसैविच गढवा गाउँपालिका–३ खैरेनीका युवा फुल व्यवसायी टेकेन्द्र राज रावतले यो वर्ष ९ कट्ठा जमिनमा सयपत्री फुलको खेती गरेका छन् । रावतले अघिल्लो वर्ष अढाई कट्ठामा यो खेती गरेको थियो भने यो वर्ष ९ कट्ठामा गरेको जानकारी दिए ।

गढवा गाउँपालिका–३ खैरेनीका २४ वर्षीय युवा पुष्प व्यवसायी टेकेन्द्र राज रावत कृषि विषय अध्ययन गरेर यो पेशामा लागेको बताउँछन् । यस्ता पेशामा लाग्न विषयगत ज्ञान सीप हुने पर्ने उनको तर्क छ । प्राविधिक कुराहरूको ज्ञान नभईकन यो पेशा गर्न गाह्रो छ, सबै कुराको ज्ञान हासिल गरेर गर्दा राम्रो हुन्छ’– उनले भने ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले स्थानीय बजारबाट कर्मा ५ सय ५५ प्रजातिको बिउ खरिद गरि आफैले बिरुवा उत्पादन गरेका हुन् । सयपत्री फूलको बिरुवा रोपेको ४ महिनामै फूल बेच्नका लागि तयार भएको उनले बताए ।
अघिल्लो वर्ष अढाई कट्ठामा पुष्प खेति गरेको थिए, करिब एक लाख बराबरको कारोबार गरे, गरे हुने रहेछ भनेर यो वर्ष ९ कठ्ठामा लगाएको छु’– लगभग तेह्र क्विन्टलको अनुमान गरेको छु’– रावतले भने । अघिल्लो वर्ष को तिहारमा डेढ क्विन्टल जति फुल बुटवल पठाएको र बाँकी दाङ जिल्लामै खपत भएको उनको भनाइ छ ।

यो वर्षका लागि पनि सयपत्रीका फुलहरू तयारि अवस्थामा छन्, अब बिक्री गर्ने हो, मैले होलसेलमा लैजाने र फुटकरमा लैजाने ग्राहकका लागि फरक फरक रेट गरेको छु, होलसेलमा लैजानेलाई तीन सय रूपैयाँ प्रतिकिलो, फुटकरमा लैजानेलाई भने साढे तीन देखि चारसय रूपैयाँ प्रतिकिलोमा बेच्ने मनसाय बनेको छु’– व्यवसायी रावतले भने । कलिलो उमेरमै व्यवसायीक रूपमा कृषि पेशा अंगालेर रावतले दैनिक जसो बिदेसिने युवा पिढीलाई गर्न सके नेपालमै राम्रो व्यवसायी बन्न सकिन्छ भन्ने गतिलो उदाहरण पात्र बनेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad