सल्यानमा घरको पेटीबाट लडेर एक कर्मचारीको मृत्यु

दाङ, ६ कार्तिक । सल्यानमा घरको पेटीबाट लडेर एक कर्मचारीको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका २ डाँडागाउँ घर भई शारदा नगरपालिका ३ को वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारी ५२ वर्षका ओइलु रोकायको हिजो सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आइतबार बेलुकी घरको पेटीमा बस्नु भएका रोकाय एक्कासि लडेर टाउकोमा भित्री चोट लागेको थियो । उहाँलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल सल्यान लगिएकोमा त्यहा उपचार सम्भब नभए पछि प्रदेश अस्पताल सुर्खेत हुँदै नेपालगन्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । कार्यालय सहयोगी रोकायको मृत्यु भएपछि सोमबार शारदा नगरपालिकाले सूचना प्रकाशन गरेर पालिकासँग सम्बन्धित सबै कार्यालय, विद्यालय शोक बिदा गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad