दाङमा दुई दिनमा जुवाको खालबाट २० जना जुवाडे पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ कार्तिक । रमाइलोका नाममा खेलिने जुवातास नियन्त्रणमा दाङमा प्रहरीले सक्रियता देखाएको छ । प्रहरीले दुई दिनको अवधिमा २० जना जुवाडेलाई दुई लाख बढी नगदसहित पक्राउ गरेको छ ।

प्रहरीले घोराही-१५ बाट १० जना र शान्तिनगर-४ जुम्लेकुलाबाट १० जना गरी दुई दिनको अवधिमा २० जना जुवाडेलाई पक्राउ गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोमबार दिउँसो साढे ४ बजेतिर घोराही-१५ उषाटोल स्थित शरद लामिछानेको घरबाट लामिछानेसहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरु घोराही-१५ का ९ जना र एक जना घोराही-१७ का रहेका छन् । प्रहरीका अनुसार ६० वर्षका शरद लामिछाने, ४८ वर्षका केबल खत्री, ५६ वर्षका बाग सिं केसी, ३६ वर्षका नरेश रोका, ५६ वर्षका बिष्णु श्रेष्ठ, ४१ वर्षका बिनोद हिमानी रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै ५९ वर्षका केशर बहादुर पछाई, ५१ वर्षका नरेश बुढा, ४८ वर्षका धनबहादुर रोका र घोराही-१७ का ५० वर्षिय पदम केसी रहेको प्रवक्ता डिएसपी थापाले बताउनुभयो । पक्राउ परेका साथबाट नगद ७० हजार ६६० र ४ गड्डी तास बरामद गरेको छ ।

प्रहरीले आइतबार रातीमात्रै शान्तिनगर-४ जुम्लेकुलाबाट नगद १ लाख ६४ हजार ३०५ सहित १० जना जुवाडेलाई पक्राउ गरेको थियो । प्रहरीले शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला निवासी धर्मराज चन्दको घरबाट जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ६४ हजार ३०५ सहित १० जना जुवाडेलाई पक्राउ गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ पर्नेमा ९ जना दाङ र १ जना कञ्चनपुरका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का ५३ वर्षका देव बहादुर केसी, ५४ वर्षका सालिकराम भण्डारी, ४३ वर्षका मेघबहादुर केसी, ३६ वर्षका कमल बुढाथोकी, ४८ वर्षका कालुराम चौधरी रहेका छन् ।

यसैगरी शान्तिनगर-४ कै ३१ वर्षका तेजबहादुर केसी, ४९ वर्षका धर्म चन्द, ५७ वर्षका यज्ञ बहादुर केसी, ४२ वर्षका एकराज डाँगी र कञ्चनपुरको बेलौरी नगरपालिका ८ का ३६ वर्षका बिक्रम चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरी निरीक्षक थापाका अनुसार पक्राउ परेका साथबाट नगदसहित ५ वटा मोबाइल र १ गड्डी तास बरामद गरिएको छ । चाडपर्वको बेलामा लाखौँ रकमको जुवातास खेल्ने प्रचलन छ । यसको नियन्त्रणमा सक्रियता देखाएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad