रोल्पामा शिक्षकले विद्यार्थी कुटे : न्यायका लागि निवदेन दर्ता गर्न माग

दाङ, ४ कार्तिक । रोल्पाका एक अभिभावकले विद्यालय गएको आफनो छोरालाई शिक्षकले कुटपीट गरि हात भाचिदिएको भन्दै कानुन अनुसारको कावार्हि गर्न प्रहरीले निवेदन दर्ता गरिदिनु पर्ने बताउनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रुन्टिगढी गाउँपालिका वडा नम्बर ९ शखीका बालक विराज विकलाई सोहि वडामा रहेको सरस्वती माध्यामीक विद्यालयमा कार्यरत शिक्षक चन्द्रजोति सिजवालले भदौ ६ गते कुटपीट गरि हात भाचिदिएकोले न्यायका लागि माग गर्नुभएको छ।

कक्षा ५ मा अध्धयन गर्दै आएका बालकका अभिभावकले पटक पटक इलाका प्रहरी कार्यालयमा गएपनि निवेदन दर्ता गर्न नमानेको उहाँका बुवा रशेम विकको गुनासो रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बालकलाई नेपालगञ्जमा उपचार गरिएको र उपचार खर्च सोहि शिक्षक सिजवालले नै व्यहोरेको पनि बुवा रेशम विकले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad