पाेखरामा रविका समर्थकमाथि प्रहरीले हान्याे पानीकाे फाेहरा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ४ कार्तिक । रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले पानीको फोहोर हानेको छ । रास्वपा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेर तितरबितर बनाएको हो । प्रहरीले बल प्रयोग गरेपछि रास्वपाको प्रदर्शन तितरबितर भएको छ ।

महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् । तर, प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोजेपछिसँग घम्साघम्सी परेको थियो । अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थक र प्रहरीबीच केहीबेर अघि ठेलमठेल भएको थियो । प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad