दाङमा मिटरब्याजीको आरोप लगाएर दुर्गाप्रसाद पन्थलाई कालो मोसो दलियो

दाङ, ३० असोज । दाङमा एकजना व्यवसायीमाथि दुर्व्यवहार भएको छ। मंगलबार राति दाङको घोराहीका व्यवसायी दुर्गाप्रसाद पन्थमाथि दुर्व्यवहार भएको हो। उनी घरजग्गा कारोबारी हुन्। उनीमाथि कालोमोसो दलिएको छ। पन्थमाथि दुर्व्यवहार गर्ने नेकपा (बहुमत)का कार्यकर्ताहरू रहेको खुलेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेकपा बहुमतको दाङ जिल्ला कमिटीले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा पन्थमाथि पार्टीका कार्यकर्ताहरूले कालोमोसो दलेको स्वीकार गरेको छ। उनी सुदखोर र मिटरब्याजी रहेको आरोप बहुमत पार्टीले लगाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले घटनाबारे सुनेको तथा अनुसन्धान भइरहेको जानकारी दिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad