दाङमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ्ग, २९ असोज । दाङको बबई गाउँपालिका ४ मा युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भक्तपुर नगरकोट गाउँपालिका–१४ घर भई हाल बबई गाउँपालिका–४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार तामाङका २८ वर्षीया छोरा अनिल तामाङ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनका अनुसार मंगलबार बिहान साढे नौ बजेतिरको समयमा मादक पदार्थ सेवन गरेर बाबुसँग विवाद भएपछि अनिलले आफैँले पेटमा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

घटना लगत्तै गम्भीर घाइते अनिललाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारका लागि ल्याइएकोमा उपचारकै क्रममा मंगलबार बिहान पौने ११ बजेतिर अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घटनापछि अनिलका बुवा सोमार तामाङ र उनका ३१ वर्षीय दाजु पूर्ण तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad