तुलसीपुरका कैदीबन्दीद्वारा रक्तदान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ असोज । राप्ती प्रादेशिक अस्पतालमा गत बुधबार नियमित डायलासिस गराइरहेका १ जना व्यक्तिले रगतको अभावमा उपचार पाएनन्। तुलसीपुर राप्ती प्रादेशिक अस्पताल सँगै रहेको रक्त सन्चार केन्द्र तुलसीपुरमा उक्त बिरामीको लागि आवश्यक पर्ने रगत स्टकमा थिएन ।  धेरै व्यक्तिहरूलाई फोन सम्पर्क गर्दा पनि उक्त रगत दिने व्यक्ति कोही जिल्ला बाहिर, कोहीको स्वास्थ्यमा समस्या कारण रगत कतैबाट प्राप्त हुन सकेन ।

रग अभावकाे समाचार सन्चार माध्यममा प्रसारण भए पछि पत्रकार, रेडक्रस सोसाइटीका टीमहरूको पहलमा वडा दशैंको अवसरमा खुल्ला रक्तदान आह्वान कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा पत्रकार सहितको युवाहरु द्वारा बिहीबार बिहान देखि रक्तसञ्चार केन्द्र तुल्सिपुरमा उक्त कार्यक्रम सुरुवात गरिएको थियो। त्यस अवसरमा १० जनाले रक्त दान गर्नुभयाे। तर त्यतिले समस्या समाधान हुने नदेखे पछि चाडबाड सम्म रगत अभाव लाई पूर्ति गर्न कारागार व्यवस्थापन टीमसँग समन्वय गरियो  । तत्काल त्यहाँबाट धेरै कैदी बन्दीहरू रगत दिन इच्छुक भएको भन्ने  खबर प्राप्त भए पश्चात रेडक्रसको प्राविधिक टीम तुल्सिपुर कारागारमा पुगी रगत सङ्कलन गर्ने कार्य गरेको थियो। 

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुल्सिपुर कारागारका निमित्त प्रशासक दोर्ण बहादुर ओलिको समन्वयमा कारागारमा रहेका  ११ महिला र ९७ पुरुष सहित  १०८ जना कैदीवन्दीले  रत्तदान गरेका हुन् ।  बेला बेलामा तुलसीपुरमा हुने रगत अभावको समस्यालाई टार्न  ४/ ४ महिनामा कारागारका कैदीद्वारा रक्तदान गर्दै आएकाे तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभयाे

कारागार बन्दी द्वारा नियमित रूपमा रक्तदान गर्ने र रगत अभाव भएको समयमा धेरै परिमाणमा रगत सङ्कलनमा सहयोग गर्ने संस्थामा तुलसीपुर कारागार  नेपालमै अग्रनी स्थनममा रहेको छ । रगत सङ्कलन गर्नु अगाडि रगत दिने व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा सम्पूर्ण प्रक्रियाहरु पूरा गरेर मात्र रगत संकलन गर्ने गरिन्छ। यसरी कारागारमा नै बसेर रगतको अभावमा छटपटाइरहेका बिरामीलाई रगत दिएर सेवा गर्न पाउँदा आत्मसंतुष्टि हुने र शरीरमा एक खालको सकारात्मक ऊर्जा प्राप्त हुने गरेको  कारागारका बन्दीहरुले बताएका छन । 

Blog Post Ad Blog Post Ad Blog Post Ad