तुलसीपुरमा भेटियो रियो जुसभित्र कमिला

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २३ असोज । तुलसीपुरमा रियो जुसभित्र कमिला भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ शिवनगर निवासी इश्वरी प्रसाद गैरेको नाती ९ वर्षिय एडिन गुरुङले स्थानीय एउटा पसलबाट किनेको रियोमा कमिला भेटिएको हो ।

फ्रिजभित्र राखिएको रियोखाँदा मुखमा कमिला आएपछि खोलेर हेर्दा कमिलाको थुप्रो नै भेटिएको गैरेले बताउनुभयो । रियो जुसमा कमिला भेटिएपछि मंगलबार तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखालाई जानकारी गराएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले कम्पनिको लापरबाही देखिएकाले आवश्यक कानुनी कारबाहीका लागि आग्रहसहित स्थानीय सरकारलाई निवेदन दिएको बताउनुभयो । उहाँले रियो जुसजस्ता अखाद्य वस्तु बालबालिकालाई नखुवाउन आग्रह समेत गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad