अनलाईनमा पब्जि खेलेको पैसा नदिदा घोराहीबाट ब्यक्ति अपहरण, मुद्धा चलाउने तयारीमा प्रहरी

दाङ, २२ असोज । पब्जि खेल्दा लागेको रकम नदिएपछि घोराहीको एक ब्यक्तिलाई अपहरण गरेको रहष्य खुलेको छ । दाङ प्रहरीले ब्यक्ति अपहरण घटनामा दुइ जनालाई प्रहरीले समातेर घटना अनुसन्धान गर्दै जादा सो कुरा बाहिर आएको हो अपहरण गर्ने ब्यक्तिले पब्जि खेल्दाको पैसा नदिएपछि अपहरण गर्नुपरेको बयान दिएका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख अर्जुन तिमिल्सेनाले अपहरणमा पर्ने परिवारले जाहेरी नदिएको जानकारी दिए । उनले यो घटनामा प्रहरीले दुख पाएको भन्दै यस्ता घटनाहरु निरुत्साहित गर्न मुद्धा चल्ने दाबी गरे ।
ब्यक्ति अपहरणको सुचना पाए लगत्तै खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टाेलिले अपहरणमा परेका घोराही १५ बिपि चोक निबासी बर्ष २०/२१ आयुष केसिलाई प्रहरीकै सकुशल उद्धार गरेको थियो । पैसाको लेनदेन नमिलेपछि केसिलाई घोराहीबाट बा १५ च ९६९६ रातो फोर्ड गाडिमा हालि अपहरण गरेका नवलपरासी कावासोति ८ का बर्ष २० का साहिल ढकाल र सोही ठाउँ निबासी बर्ष २५ का बिपिन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले चारैतिरबाट खोजी तिब्र पारेपछि लमही कुलमोड नजिकैबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेपछि उनिहरुमाथी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad