रुकुम पश्चिमका एक बालक सानीभेरी नदीमा बगेर बेपत्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २२ असोज । रुकुम पश्चिमका एक बालक सानीभेरी नदीमा बगेर बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर २ निवासी खेम बहादुर गिरीका कान्छो छोरा ७ वर्षीय सन्तोष गिरीलाई नदीले बगाउँदा बेपत्ता भएका हुन् ।

वडा अध्यक्ष दिनेश खड्काका अनुसार आईतबार पौडी खेल्न वडा नम्बर २ को लामितरा भन्ने ठाँउ सहोदार दाई र अर्का एक साथीको साथमा गएका गिरीलाई नदीले बगाएको हो । नदीले बगाएका बालक गिरी अहिलेसम्म बेपत्ता रहेका छन् । नदी किनारमा आफन्त र प्रहरीले खोजी गरिरहेको तर फेला पर्न नसकेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad