दाङमा ५० केजीभन्दा बढी लागु औषधसहित तीन जना पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २२ असोज । दाङमा ५० केजी भन्दा बढी लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलनको आयोजना गरी लागु औषधसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनामा प्रहरीले लागुऔषध (अफिम र चरेश) सहि तीनजनालाई आज दिउँसो  पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गोप्य सूचनाको आधारमा सुविन्द्र पुन र चेतन बुढालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अफिम बरामद गरिएको हो । सोधपुछको क्रममा अफिम रुकुम पूर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मार्दा थप चरेश र अफिम बरामद गरेको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ परेका व्यक्तिहरूमा ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा, र ४२ वर्षीय बिनी पुन रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिमसहित विभिन्न उपकरणहरू बरामद गरेको छ। पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad