घोराही-तापा सडक दशै अगाडी मर्मत गरिने

दाङ, २२ असोज । विभिन्न सिमेन्ट उद्योगको कच्चा पदार्थ चुनढुंगा ढुवानी हुने घोराही तापा पहुँच मार्गको तत्काल मर्मत गरिने भएको छ । सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ बोक्ने टिप्परहरुका कारण सडक बिग्रीएकाले सोमबार जिल्ला प्रशासन कार्यालय दाङमा सरोकारवाला निकायहरु विच भएको बैठकले दशै अगावै सडक मर्मत गर्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षता एंव जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन, उपाध्यक्ष भक्तबहादुर जिसी, सडक कार्यालयका प्रमुख दिपेन्द्र विष्ट सहित सुरक्षा निकाय र विभिन्न सिमेन्ट उद्योगका प्रतिनिधीहरु विच भएको बैठकले चार खण्डमा विभाजन गरेर सडक मर्मत गर्ने जिम्मा सडक कार्यालय र सिमेन्ट उद्योगहरुलाई दिएको हो ।
जस अनुसार कटुवाखोला देखि सिस्नेखोला सम्म सडक डिभिजन कार्यालयले, सिस्नेखोला देखि कुइने पानीधारा सम्म सोना सिमेन्टले, पानीधारा देखि छिटनेटा सम्म सम्राट उद्योगले, छिटनेटा देखि हर्नोक सम्म अग्नी सिमेन्टले र हर्नोक देखि तापा चोक सम्म घोराही सिमेन्ट उद्योगले सडक मर्मत गर्ने निर्णय भएको छ ।
जस्का लागि सडक डिभिजन कार्यालयका प्राविधीकले सडक मर्मतका लागि आबस्यक पर्ने ग्राभेलको स्टीमेट गर्ने छ भने राजस्व लिएर घोराही उपमहानगरपालिकाले उक्त ग्राभेल उपलब्ध गराउने छ । बैठकमा जनप्रतिनिधीहरुले बाटो सुरक्षित र सहज हुनुपर्ने बताउनुभयो । सडक कार्यालय र सिमेन्ट उद्योगका कारण नागरिकहरुले सास्ती पाउन नहुने उहाँहरुको भनाई छ । साथै टिप्परको भार क्षमता अनुसार मात्रै ढुवानी गर्न समेत भनिएको छ ।
को छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad