स्वास्थ्य सेवामा कपुरकाेट गाउँपालिका सल्यानमै उत्कृष्ट

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २२ असोज । सल्यानकाे कपुरकाेट गाँउपालिका विभिन्न स्वास्थ्य सूचाकाङ्कका मापदण्ड पूरा गरि जिल्ला प्रथम भएकाे छ ।

स्वास्थ्य सेवा, सुत्केरी सेवा, बाल स्वास्थ्य, पोषण, सरसफाइ र रोग निवारणजस्ता क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाभरका अन्य गाउँपालिकालाई पछि पारेर स्वास्थ्य सूचकाङ्कमा प्रथम स्थान हासिल गरेको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानकाे आयोजनामा असाेज २० र २१ गते भएको वार्षिक समिक्षा कार्यक्रममा ३४ दशमलव ६ अंक प्राप्त गरि
कपुरकाेट गाँउपालिका उत्कृष्ट भएकाे हाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आव २०८०/०८१ स्वास्थ्यतर्फको विभिन्न कार्यक्रमका सूचकाङ्कमा  आधारमा जिल्ला प्रथम हुन सफल भएकाे पालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार वलीले बताउनुभयाे । उहाँका अनुसार कपुरकाेट गाउँपालिकाले डिएचआईएस-२ रिपोर्टिङ, ईएलएमआईएस रिपोर्टिङ, राष्ट्रिय खाेप कार्यक्रम, पाेषण, मातृ सुरक्षा, परिवार नियाेजन, क्षयरोग , कुष्टराेग लगायतका सुचाकांकमा कुल ४० अंकमध्य ३४ दशमलव ६ अंक प्राप्त गरेकाे हाे ।

कपुरकोटले स्वास्थ्य क्षेत्रमा हासिल गरेको सफलताले भविष्यमा पनि यस्तै सेवा र सुविधामा सुधार गर्दै अघि बढ्ने प्रेरणा मिलेकाे उहाँले बताउनुभयाे।

Blog Post Ad Blog Post Ad Blog Post Ad