दाङमा बाल यौन दुरुपयोगको आरोपमा एक जना पक्राउ

दाङ, २२ असोज । दाङमा बाल यौन दुरुपयोगको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ५ वर्षको बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर १४ चौघेराका १९ वर्षिय बिजय चौधरी पक्राउ परेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चौधरीले बालिकालाई १७ गते बाल यौन दुरुपयोग गरेको भनि प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad