निलम्बनमा परिन् प्रहरी निरीक्षक शाही

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १९ असोज । हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेको आरोप लागेको प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरीप्रधान कार्यालयमा पठाएको स्रोतले बताएको छ ।

प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुख हुँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ रकम असुल गरेको आरोप लागेको छ । आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरीमा तानिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सो घटनाबारे छानबिन गर्न ललितपुर प्रहरीले ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिको प्रारम्भिक अनुसन्धानबाट उनको भूमिका शंकास्पद देखिएपछि निम्बनका लागि सिफारिस गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad