दशैंले सीमा पारी चहलपहल, दाङका बजार सुनसान

Blog Post Ad Blog Post Ad Blog Post Ad

चुमा आचार्य

लमही, १८ असोज । आर्थिक मन्दिका कारण सुस्ताएका दाङका बजारहरू चाडपर्व मुखमा पनि चहलपहल हुन सकेका छैनन । तर भारतीय बजारतर्फ भने नेपालमा चाडपर्व नजिकिएसँगै चहलपहल बढेको छ । घोराही, लमही, भालुबाङ, गढवा लगायतका स्थानहरूमा व्यापारीहरूले व्यापारिक गतिविधिमा कमी भएको गुनासो गरेका छन् । उपभोक्ताहरू भने भारतीय बजारमा कम मूल्यमा सामान पाउँदा, सजिलो पहुँच हुँदा र बढ्दो महँगाईले आफूहरूलाइ भारतीय बजार जान बाध्य बनाएको बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपभोक्ताहरूको रोजाइ भारतिय सिमा बजार परेपछि स्थानीय बजारलाई चाडपर्वको रौनक देखिएको छैन । लमहीका कपडा होलसेल व्यापारी अकवर अली अन्य समय ब्यापार नभए पनि चाडपर्वमा ब्यापार हुने आशाबादी थिए । तर दशैंको मुखमा आउँदा पनि ब्यापार नभएको भन्दै चिन्तित देखिन्छन् । उनी अब केही समय यस्तै स्थिति रहे सटर भाडा समेत तिर्न नसक्ने बताउँछन् । उनी जस्तै गढवाका राजु कौशल पनि निक्कै तनावमा देखिन्छन् ।

दैनिक गाडिका गाडी उपभोक्ता भारतीय बजार बढनी, रूपडिहा जाँदा स्थानीय बजार सुनसान भएको बताउँछन् । कैशलका अनुसार धेरै उपभोक्ता भारतीय बजार जानु मुख्य कारण हो । भारतीय बजारमा कम मूल्य र राम्रो सेवा पाइने भएकाले दैनिक हजारौं मानिस किनमेलका लागि सीमावर्ती बजारतर्फ लागिरहेका बताउँछन । लमही ३ कि राममोटी चौधरी स्थानीय बजारमा अत्याधिक मूल्य बढेकोले जोखिम मोलेर बढनी जाने गरेको बताइन् । झण्डै दोब्बर मूल्य भएकोले मान्छे यहाँ किन्न मान्दैनन त्यसैले गर्दा स्थानीय बजारहरूमा चहलपहल घटेको छ र व्यापारमा गिरावट आएको छ उनले भनिन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीय बजारलाई चलायमान बनाउन समस्याको समाधानका लागि, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजङ सिंह ठकुरीले सरकारलाई व्यापारिक नीति सुधार गर्न र घरेलु बजारलाई सशक्त बनाउन आग्रह गर्दै आएको बताए । यो समस्या समाधानका लागि १० बर्षदेखि राज्यसँग माग गरेका थियौ अब केही राहत हुने देखिएको छ उनले भने ।भारतीय बजारको दबदबा कम गर्न लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमा क्षेत्रमा एकीकृत जाँच सेवा विस्तारको योजना अघि सारेका छन । जसलाई व्यापारीहरूले स्वागत गरेका छन् ।

इता मुख्यमन्त्री चेतनारायण आचार्यले भारतीय सीमाबाट अवैध रूपमा हुने ब्यापार, मासु, दूध तथा अन्य कृषि उत्पादनहरूको पैठारी रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न सिमानामा कडा जाँच गर्ने निर्देशन दिएका छन् । उनले रूपन्देहीको सुनौली नाकामा एकिकृत सुरक्षा जाँच गरिदै आएको बताए । अब बाँकी सिमा क्षेत्रमा सोही प्रकृतिको सुरक्षा जाँचलाई अघि बढाउने तयारी गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालयको सेवा त्यही प्रदान गर्नेगरी सेवा विस्तारको योजना बनाइएको बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मुख्यमन्त्री आचार्यको निर्णयको दाङका ब्यापारीहरूमा राहत हुने भन्दै दाङका उबासको खुलेर स्वागत गरेका छन । दाङका उद्योग बाणिज्य संघहरूले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमा क्षेत्रमा एकीकृत जाँच सेवा विस्तार गर्न निर्देशनको खुलेर स्वागत गर्दै कार्यान्वयनमा लैजान आग्रह गरेका छन । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल सिंह ठकुरीले आफूहरूले बर्षौदेखि सरकारसँग माग गर्दै आएको सिमा क्षेत्रमा एकीकृत चेकजाँच प्रदेश सरकारले सम्बोधन गरेको कार्यान्वयनमा लैजान आग्रह गरे । उनले बर्षौदेखि भारतीय बजारको दबदबा कमी र स्थानीय ब्यापारीहरूलाई राहत हुने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad