दाङका एकराज डाँगीको ‘यसपालि घरमा’ बोलको दशैँ गीत सार्वजनिक

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ असाेज । दाङ घर भइ हाल अमेरिकामा बस्दै आएका गायक एकराज डाँगीले ‘यसपालि घरमा’ बोलको दशैँ गीत सार्वजनिक गरेका छन् । दाङको बबई गाउँपालिका वडा नं. ६ सुनपुर घर भई हाल अमेरीका बस्ने डाँगीले देश परदेशमा रहने प्रति समर्पित नेपालीहरूको महान पर्व वडा दशैँको अवसरमा गित ल्याएका हुन् ।

सो गितमा गायक डाँगी र अस्मिता अधिकारीको सुमधुर आवाज रहेको छ । डाँगीकै शब्द सङ्गीतमा रहेको उनको आफ्नो युटुवट च्यानलमार्फत बिहीबार सार्वजनिक गरेका हुन् । उक्त गीतमा गायक डाँगी र मोडेल जुना गुरुङको अभिनय रहेको छ । प्रकाश खड्का र विनोद केसीले छाँयाङ्कन गरेको भिडिओ सम्पादन विवेक सुनारले गरेका छन् । भिडिओ नेपाल र अमेरिकामा छाँयाङ्कन गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad