सडकका खाल्डा पुर्न निस्किए पौडेल दम्पति

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ असाेज । सडकमा सवारी साधन ओहोरदोहर गरिरहेका छन् । व्यस्त सडकको बिचमा खाल्डा पुर्दै गरेको दृश्य । तुलसीपुर–घोराही सडक खण्डको तुलसीपुर–७ पर्सेनीमा बुधबार दिउँसो भेटिनुभयो सामाजिक अभियान्ता उपेन्द्र पौडेल र उहाँको धर्मपत्नी सरिता पौडेल ।

दिउँसोको टन्टलापुर घाममा सडकको बिचमा खाल्डा पुर्दै गरेका पौडेल दम्पतिलाई कतिपयले अचम्म मानेर नियाल्ने गरेका थिए । कतिपय उहाँहरुलाई सहयोग गर्न बेल्चा बोकेर सडकमा निस्किए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसअघि पनि विभिन्न समयमा समाजको हितमा हुने विभिन्न सामाजिक काम गरिरहनुभएका पौडलले पछिल्लो साता यता सडकका बिचमा परेका खाल्डो पुर्न व्यस्त हुनुहुन्छ ।

सडकमा खाल्डाले दुर्घटनाको जोखिम बढेपछि उहाँ आफै सिमेन्ट र बालुवाको व्यवस्था गरेर सडकका खाल्डा पुर्न लागिरहनुभएको छ । ‘सडकमा खाल्डा परेको छ यसले दुर्घटनाको जोखिम बढेको छ । ’ उहाँले भन्नुभयो–‘यसले ठुला सवारी साधनभन्दा पनि साना सावरी साधनलाई बढी समस्या बनाउने गरेको छ । यसकारण पनि व्यक्तिगत लगानीमै सडकका खाल्डा पुरिरहेको छ, यसमा मलाई धर्मपत्नीले पनि साथ दिएकी छन् भने स्थानीयले पनि निकै सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

बुधबार दिउँसोसम्म तुलसीपुरदेखि पर्सेनीसम्म १३ वटासम्म खाल्डो पुरिसकेको अभियान्ता पौडेलले बताउनुभयो । यो अभियान बिजौरीसम्म संचालन हुने उहाँको भनाई छ । राज्यले गर्नुपर्ने काम अभियान्ता पौडेल दम्पतिले गरेपछि स्थानीय पनि खुशी भएका छन् ।

उहाँको अभियानले राज्यलाई समेत खबरदारी गरेको स्थानीय नारायण भण्डारीले बताउनुभयो । ‘राज्यले सानो सानो कुरामा लापहरबाही गर्ने गरेको छ ।’ उहाँले भन्नुभयो–‘यस्ता किसिमका खबरदारी नागरिकस्तरबाट भइरहनुपर्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

पौडेलले विभिन्न समयमा सामाजिक काम गरिरहनुभएको छ । उहाँले यसअघि पनि राप्ती प्रादेशिक अस्पतालमा साबुन राखेर खबरदारी गर्नुभएको छ । उहाँले यसअघि विपन्न नागरिकलाई खाद्यान्न वितरण पनि गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad