सल्यानमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यान, १६ असोज । जिल्लाको छत्रेस्वरी गाउँपालिका ५ नम्बर वडा कार्यालयले गर्भवती, सुत्केरीलाई निस्शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । गर्भवती तथा सुत्केरी महिलालाई प्राथमिक स्वास्थ्य केन्द्रमा आउजाउमा सहज होस् र आर्थिक अवस्था कमजोर भएकाले घरमै सुत्केरी हुन नपरोस् भनी वडा कार्यालयले निस्शुल्क एम्बुलेन्सको सेवाको गर्ने भएको हो ।

विगतमा एम्बुलेन्स भए पनि प्रयोगमा नआई थन्किँदा विभिन्न किसिमका सास्ती भोग्दै आएका वडावासीलाई अबका दिनमा धेरै राहत हुने भएको छ भने आर्थिक अवस्था कमजोर भएकालाई पनि ठूलो सहयोग पुग्ने भएको छ । वडा कार्यालयले गर्भवती, सुत्केरीलाई निस्शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने भएपछि वडावासी खुसी भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आर्थिक अवस्था कमजोर भएका एम्बुलेन्सको सेवा पाउन नसक्दा घरमै असुरक्षित सुत्केरी हुने बाध्यताको अन्त्य गर्न गर्भवती महिला तथा सुत्केरीलाई निस्शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्न थालिएको वडाध्यक्ष फौदबहादुर बस्नेतले बताए । उनका अनुसार दसैं अगाडि नै उक्त सेवाको व्यवस्था हुनेछ ।

वडाले अपांगता भएका र ज्येष्ठ नागरिकलाई पनि स्वास्थ्य सेवाको लागि एम्बुलेन्स प्रयोग गरेमा ५० प्रतिशत छुट दिने अध्यक्ष बस्नेतले जानकारी गराए । ‘छत्रेस्वरी गाउँपालिकाले विगतमा तीन एम्बुलेन्स खरिद गरेको थियो । पालिकाले वडा नं ५ स्थित लेखपोखरामा भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई एउटा एम्बुलेन्स उपलब्ध गराएको थियो । चालकको अभावमा प्रयोगमा नआउँदा बिग्रिएकाले मर्मतका लागि नेपालगन्ज पठाएको छ । ुमर्मत भएर भएर आउनेबित्तिकै वडावासीले सेवा पाउँछन्,’ उनले भने, ‘चालकको अभावमा लामो समयदेखि प्रयोगमा नआई एम्बुलेन्स प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किँदा वडावासीले बिरामी भएका र सुत्केरी व्यथाले च्यापेका महिलालाई तत्काल उपचारका लागि बाहिर लैजान श्रीनगर तथा जिल्ला अस्पताल सल्यानबाट एम्बलेन्स मगाउनु पर्थ्यो । अब कहींबाट मगाउनु पर्दैन ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा कार्यालयको निर्णय सरहानीय रहेको र आर्थिक अवस्था कमजोर भएका परिवारले अबका दिनमा सहज सेवा पाउने स्थानीय दानमाया बस्नेतले बताइन् । उक्त सेवाले वडावासीलाई धेरै राहत हुने र आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि बाहिर जान परेमा एम्बुलेन्स चढ्नका लागि ऋण लिन नपर्ने उनले जानकारी गराइन् । जटिल समस्या भएका गर्भवती महिलालाई प्राथमिक स्वास्थ्य केन्द्रमै सुत्केरी गराउने व्यवस्था भए अझ राम्रो हुने उनको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad