घोराही-होलेरी शहिद मार्ग मर्मत शुरु गरिने, डिपिआर अझै तयार भएन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ असोज । घोराही-होलेरी सहिद मार्ग मर्मत गरिने भएको छ।पछिल्लो समय सबैभन्दा जिर्ण बनिरहेको शहिद मार्गलाई अल्पकालीन रुपमा प्रत्येक ४/४ महिनाको अन्तरालमा मर्मत गरिने गरि मंगलबार निर्णय गरिएको छ।

सडक आयोजना शहिदमार्ग कार्यालयको आयोजनामा मंगलबार जिल्ला प्रशासन कार्यालय दाङमा भएको छलफलबाट रुन्टीगढीबाट चुन ढुंगा लैजाने सोनापुर र सम्राट सिमेन्ट कारखाना,सहिदमार्ग आयोजना र घोराही उपमहानगरपालिका मिलेर दशै अगावै सडक मर्मत कार्य शुरु गर्ने गरि निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङकि सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षता भएको छलफलमा घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी,रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन,सहिदमार्ग आयोजना,सोनापुर र सिमेन्ट कारखाना लगायतका सरोकारवालाहरुले सडक मर्मत गर्ने निर्णय गरिएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाटो मर्मत गर्दा चाहिने २ वटा पानी ट्र्यांक,४ वटा टिप्पर,ब्याकहोलोडर र जे।ल.से.वी. सिमेन्ट कारखानाहरुले उपलब्ध गराउने भएका छन्।स्काइभेटर,ग्रेडर र लोडर मेसिन सहिदमार्ग आयोजनाले उपलब्ध गराउने भएको छ भने आवश्यक ढुङ्गा,गिटी र बालुवा नियमानुसार घोराही उपमहानगरपालिकाले उपलब्ध गराउने भएको छ।निर्णय अनुसार मर्मत कार्य यहि अशोज १६ गतेबाट शुरु गरिने भएको छ।

अझै तयार भएन डिपिआर

Blog Post Ad Blog Post Ad Blog Post Ad

२ वर्ष अघि सहिदमार्गको डिपिआर तयार गर्नका लागि संघिय सांसद ईश्वरी घर्ती,लुम्बिनी प्रदेश सांसद राजु खनाल सहितको सहभागीता होलेरीमा रोल्पा र दाङ दुई जिल्लाका सरोकारवालाहरुबिच बृहत छलफल भएको थियो। यद्यपि सहिदमार्ग आयोजना कार्यालयका अनुसार डिपिआर अझै तयारी भैइ नसकेकाले सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामा जाने संभावना नभएको जानकारी प्राप्त भएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad