बंगलाचुलीमा प्रथम खेतुलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ असोज । दाङको बंगलाचुली गाउँपालिकामा प्रथम खेतुलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक २ गतेदेखि गढिलेक खेल मैदानमा खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक तथा समाजसेवी विक्रम डाँगीले जानकारी दिएका छन ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक डाँगीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उक्त प्रतियोगिता सहभागी हुनका लागि टिम दर्ता शुल्क ३ तिन हजार लाग्ने र कार्तिक १ गतेसम्म टिम दर्ता गरि सक्नु पर्ने आयोेजकले जनाएको छ ।
नेपाली काँग्रेसका सक्रिय सदस्य तथा बंगलाचुलीका क्रिकेट खेलाडी समेत रहेका स्व। खेतुलाल नेपालीको जेष्ठ २० गते बंगलाचुलीमा मोटरसाइकल दुर्घटना परि मृत्यु भएको थियो

Blog Post Ad Blog Post Ad Blog Post Ad