जन्मदिनमा विद्यालयलाई डस्टबिन सहयोग

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ असोज । तुलसीपुर उपमहानगरपालिका–१२ जसपुर निवासी युवराज केसीले विद्यालयलाई डस्टविन सहयोग गरेका छन् । आफ्नो जन्मदिनका अवसरमा केसीले तुलसीपुर उपमहानगरपालिका–१२ स्थीत पशुपति माध्यामिक विद्यालय हरिपौरीलाई २३ थान डस्टविन सहयोग गरेका हुन ।

राजनीतिसँगै शिक्षा क्षेत्रमा संलग्न केसीले सामुदायिक विद्यालयलाई सरसफाईमा सहयोग पु¥याउने उद्देश्यले डस्टविन सहयोग गरेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष खुशीराम चौधरीलगायत शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यलगायतको उपस्थीतिमा उक्त सामाग्री मंगलवार केसीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीलगायतलाई हस्तान्तरण गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आफ्नो जन्मदिनलाई सिर्जनशिल तरिकाले मनाउने क्रममा सामुदायिक विद्यालयलाई डस्टविन सहयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका तर्फबाट अधिकारीले धन्यावाद ज्ञापन गरेका थिए । डस्टविन सहयोग कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष खुशीराम चौधरीलगायतले मन्तव्य गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad