पद्मोदयको शिक्षक अभिभाबक संघको अध्यक्षमा एमाले नेता बेलबासे निर्बाचित

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ असोज । घोराही १५ स्थित पद्मोदय पब्लिक नमुना माबिको शिक्षक अभिभाबक संघको नेतृत्व चयनमा मतदान भएको छ । गएको शुक्रबारदेखि सर्बसम्मत बनाउन छलफल सुरु भएपनि नेतृत्व चयनमा सहमती नजुटेपछि मतदान भएको थियो । शिक्षक अभिभाबक संघको भेलाले ६ जना सुरुमा सदस्यहरु चयन गरेको थियो ।

अध्यक्षमा ४ जनाले दाबि गरेका थिए । अध्यक्षमा दाबी गर्नेमा एमालेबाट डा. सुरामणि बेलबासे,अमरक्षितिज भण्डारी, माओबादीबाट प्रकाश चौधरी र जोगबहादुर बोहरा रहेका थिए। नेतृत्वमा सहमतिमा चयन नभएपछि ६ जना सदस्यहरुले भोट हालेका थिए । जसमा बेलबासेले ५ मत पाएर बिजयी भए भने जोगबहादुर बोहराले १ मत पाए । अन्य उम्मेद्वारले मत नै नपाएको बेलबासेले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad