प्यूठान : सडकमाथिबाट झरेको लेदोले बाग्दुला-बहाने सडकखण्ड अवरुद्ध

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्यूठान, ११ असोज । लगातारको वर्षासँगै सडकमाथिबाट झरेको लेदोले बाग्दुला–बहाने सडकखण्ड अवरुद्ध भएको छ । प्यूठान नगरपालिका–८ धाइरेनजिकै सडकमाथिबाट ढुंगासहितको लेदो झरेपछि सडक अवरुद्ध भएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

धाइरेनजिकै खरहे खोलामा आएको भेलले समेत सडक अवरुद्ध भएको छ । जसका कारण गाउँपालिका भित्रिने मुख्य सडक नै अवरुद्ध भएको छ । अहिले सडकमा एम्बुलेन्ससहित केही गाडी रोकिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad