बुद्ध हस्पिटलमा एक्टोपिक प्रेगनेन्सीको दुरविन र हार्मोनिक विधीद्वारा सफल अप्रेसन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ असोज । दाङको घोराहीमा सञ्चालित बुद्ध ईन्टरनेशनल हस्पिटलमा एक्टोपिक प्रेगनेन्सीको दुरविन विधीद्वारा सफल अप्रेसन गरिएको छ । गर्भाशयभन्दा  बाहिर  गर्भधारण हुने अवस्था एक्टोपिक प्रेगनेन्सी हो जसको  दुरविन विधीद्वारा सफल अप्रेसन हुदै आएको बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालीका प्रमुख कार्यकारी अधिकृत  बालाराम शर्माले जानकारी दिनुभयो ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. विमला तिवारी नेतृत्वको डाक्टर तथा नर्शहरुको टिमले बुद्ध ईन्टरनेशनल हस्पिटलमा एक्टोपिक प्रेगनेन्सीको दुरविन विधीद्वारा सफल अप्रेसन गर्दै आउनु भएको छ । भ्रुण पाठेघर बाहिर विकास गर्न थाल्ने भएकाले यो अवस्थामा भ्रुणको सही विकास सम्भव नहुने र पछि अन्डबाहिनी नलि र अन्डासय फुटी  अत्याधिक रक्तस्राव भइ तुरुन्तै उपचार नगरेमा आमाको स्वास्थ्यमा गम्भीर जोखिम तथा ज्यान समेत जान  सक्ने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. विमला तिवारीले बताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसका लक्षणहरु गर्भधारण भएको ५, ६ हप्तादेखी ७, ८ हप्तामा देखिन सक्ने उहाँको भनाई छ । डा. तिवारीले भन्नुभयो,–‘  एक्टोपिक प्रेगनेन्सी भयको अबस्थामा  रिंगटा लाग्ने, उल्टिहुने ,पेटको गहिरो दुखाइ हुने, योनीबाट रक्तस्राव हुने, पिसाबको जाच गर्दा प्रेगनेन्सी पोजेटिभ आउने तर भिडियो एक्स-रे मा गर्भधारण भयको नदेखिने जस्ता लक्षणहरु हुन्छ । स्वास्थ्य परिक्षण गर्दै जादा पाठेघरमा हुनुपर्ने गर्भधारण पाठेघरमा नभई डिम्बवाहिनी नली अथवा पाठेघर बाहिर  हुदा यस्तो समस्या भएको पाईन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भिडियो एक्स- रे (Transvaginal Ultrasonography) साथै रगतमा Beta HCG को जाचगरेर (जसमा सामान्य प्रेगनेन्सीमा Beta HCG को value ४८ घन्टामा डबल हुन्छ भने एक्टोपिक प्रेगनेन्सिमा सामान्य मात्रै बढ्छ) एक्टोपिक प्रेगनेन्सी पत्ता लगाइन्छ । जसको उपचार पद्धति अपरेसन गरि पाठेघर भन्दा बाहिर भयको गर्भलाई  हटाउनु हो । एक्टोपिक प्रेगनेन्सीको अप्रेसन  परम्परागत रुपमा चिरेर गर्ने गरियकोमा बुद्ध हस्पिटलमा दुरबिन बिधिद्वारा अपरेसन सुरु गरियको हो। यसरी अपरेसन गर्दा पेटमा सानो तीन ओटा प्वाल बनाइ त्यही प्वाल बाट मेसिन छिराइ मेसिनको सहायताले अपरेसन गर्ने गरिन्छ।   दुरविन विधीद्वारा अप्रेसन गर्दा घाउ सानो हुने, घाँउ चाडो निको हुने, हस्पिटलको बसाई छोटो हुने, छिट्टै सामान्य अबस्थामा फर्किने र पेटमा घाउको दाग नहुने लगायतका फाइदा हुन्छ ।

पाठेघरको संक्रमण(PID), डिम्भ बाहिनिनली तथा पाठेघरको क्षयरोग,पहिले भयको एक्टोपिक प्रेगनेन्सी,प्रजनन सम्बन्धि कुनै उपचार, कुनै किसिमको पेटमा भयको अपरेसनको कारणले भयको एडिजन, धूम्रपान सेबन गर्ने महिला , ३५ बर्ष भन्दा माथिको उमेरमा हुने प्रेगनेन्सिमा एक्टोपिक प्रेगनेन्सी हुने संभावना बढी हुन्छ। एक्टोपिक प्रेगनेन्सीको समस्या देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्ने हुन्छ । किनकि यस्तो अवस्थाले जीवनमरणको स्थिति  पनि सिर्जना हुन सक्ने भएकाले समयमै अस्पताल जानाले उपचार गर्न सजिलो हुन्छ र जटिलता टार्न सक्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुरबिन विधिले कम जोखिम र छिटो उपचारको लगायतका विभिन्न फाइदा हुने भएकाले एक्टोपिक प्रेगनेन्सीको उपचारमा यो विधि बढी प्रभावकारी रहेको उहाँको भनाई रहेको छ । एक्टोपिक प्रेगनेन्सीको समस्या लिएर हस्पिटलमा आउनु भएका ३५ जनामध्य १५ जनाको दुरबिन र लेजर बिधिद्वारा सफल उपचार डा. तिवारीले बुद्ध ईन्टरनेशनल हस्पिटलमा गरिसक्नु भएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad