चट्याङ लाग्दा दाङमा पाँच र रोल्पामा एक जनाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० असोज । चट्याङबाट हुने मानविय एवं भौतिक क्षति बढ्दो रहेको छ । दाङमा १५ महिनाको अवधिमा चट्याङ लागेर लागेर पाँच जनाको मृत्यु भएको छ ।

गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको असोज ९ गतेसम्म दुई महिलासहित पाँच जनाको मृत्यु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा गत आर्थिक वर्ष २०८०÷२०८१ मा चट्याङबाट तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चट्याङबाट गतवर्ष २ पुरुष र १ महिलाको मृत्यु भएको हो । यस्तै चालु वर्षमा १ बालकसहित दुई जनाको चट्याङबाट मृत्यु भएको छ ।

चट्याङबाट गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको असोज ९ गतेसम्म चार जना घाईते भएका छन् । गत आर्थिक वर्षमा १ महिला र १ पुरुष, चालु आर्थिक वर्षमा २ जना महिला घाईते भएका छन् । यस्तै गत आर्थिक वर्षमा ५८ हजार ३ सय र चालु आर्थिक वर्षमा ३१ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबिच चट्याङबाट बुधबार एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ३ बजेतिर घोराही उपमहानगरपालिका–११ खुङकोटमा चट्याङ पर्दा ४२ वर्षकी निमकली साहुका ३ वर्षिय छोरा समिरको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भिर घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान साढे ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चट्याङ लागेर आमा छोरी घाइते भएका छन् । निमकली साहुको ढुङ्गा–माटोले बनेको कच्ची घरमा चट्याङ पर्दा ४२ वर्षिय निमकली र उहाँको ६ वर्षिय छोरी सबिना घाइते भएको प्रहरीले जनाएको छ ।

आमा र छोरीको अवस्था मध्यम रहेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । निमकलीको दुबै खुट्टामा चोट लागेको छ भने शरीर सुन्निएको छ । सविनाको शरिरमा भित्री चोट लागेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइतेहरूलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर ल्याइएको थियो ।

यस्तै रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ हान्जाबाङका ४२ वर्षिय चन्द्रकला वली रहेको रोल्पा प्रहरीले जनाएको छ । उहाँलाई छिमेकीको घरमा बसीरहेको अवस्थामा चट्याङले हानेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad